उदयपुरमा ट्र्याक्टर पल्टिँदा चालकसहित २ को मृत्यु, ६ जना घाइते
Published:
by .
उदयपुर । उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ मा बुधबार भएको सो दुर्घटनामा चालक सहित २ जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका हुन् ।
साउने–गाईघाट सडक खण्डमा दिउँसो साढे २ बजे तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्र्याक्टर अचानक पल्टिएको थियो ।
दुर्घटनामा ट्र्याक्टरका चालक उदयपुर त्रियुगा नगरपालिका–१५ खाँबु बस्ने २७ वर्षीय दुर्गाबहादुर मगर र सोही ट्र्याक्टरमा सवार रौतामाई गाउँपालिका–५ आँपटार बस्ने ४३ वर्षीय दिलबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरी ट्र्याक्टरमा सवार रहेका अन्य ६ जना घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।
Comments