Sajhamanch Archive

चोरीको गाडीमा नक्कली नम्बर राखेर हुँइकिन्छन् राजस्वका हाकिम

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ  चोरीको गाडीमा नक्कली नम्बर राखेर राजस्वका हाकिमले प्रयोग गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले राजस्वमा बुझाएको चोरीको गाडी नम्बर प्लेट परिवर्तन गरेर प्रयोग गर्दै आएका छन् ।

बिसीले चोरीको तीवटा गाडी एउटै नम्बर प्लेट राखेर गाडी प्रयोग गर्दै आएका थिए । नियमानुसार त्यस्तो गाडी लिलाम गर्नुपर्नेमा कार्यालय प्रमुख बिसीले नक्कली नम्बर प्लेट लगाएर आफैँ चढ्दै आएका हुन् । उक्त समाचार बाहिरिएपछि २ वटा गाडी सरकारी करण गरेर काठमाडौँ पठाएका छन् । भने, एउटा गाडीमा ना.२ख ९५१० नम्बरको नक्कली नम्बर प्लेट राखेर बिसीले गाडी प्रयोग गर्दै आइरहेका छन् ।

बिसीले सोमबार बाराको पथलैयामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्यको बिदाइ कार्यक्रममा चोरीको गाडीमा नक्कली नम्बर प्लेट प्रयोग गरेको गाडी चढेर आएपछि पत्ता लागेको हो । बिसीले प्रयोग गर्दै आएको सुजुकी ब्राण्डको गाडी यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *