Sajhamanch Archive

सरकारद्वारा समाज कल्याणका पाँचजना पदाधिकारीहरू बर्खास्त

Published: in राष्ट्रिय समाचार by .

काठमाडौंँ। सरकारले समाज कल्याण परिषदका पाँच जना पदाधिकारीहरूलाई बर्खास्तगरेको छ । सरकारले उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ ।

फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उनीहरुले कानुनविपरित काम गरेको पाइएकाले पदमुक्त गरिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *