Sajhamanch Archive

विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

अष्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआईबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गतल क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका छन् ।

नेपालमा केही कन्सल्टेन्सीले अस्ट्रेलियामा समेत कन्सल्टेन्सी खोलेर विद्यार्थीबीच चलखेल गर्न यस्तो रणनीति अपनाएको हुनसक्ने आशंका गरिएको छ ।नेपाल समाचारपत्र बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *