Sajhamanch Archive

पोलमा चढेर काम गर्दै गरेका विद्युत् कर्मचारीको करेन्ट लागेर मृत्यु

Published: in राष्ट्रिय समाचार by .

ओखलढुंगा । ओखलढुंगामा पोलमा चढेर काम गर्दै गरेका विद्युत् कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । ओखलढुंगाको सिद्धीचरण नगरपालिका–२ ठुलाछाप भन्ने स्थानमा बिहीबार करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको हो ।

दिउँसो साढे ३ बजे बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा अचानक करेन्ट लागेर सिद्धीचरण नगरपालिका–१२ भँडारे घर भई विद्युत् प्राधिकरण ओखलढुङगाका प्राविधिक ३१ वर्षीय जनक गुरुङ घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा अपरान्ह ४ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *