वायुसेवा निगमले माग्यो १७४ कर्मचारी, कुन तहमा कति माग ? 0
Published:
by .
काठमाडौं । नेपाल वायु सेवा निगमले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । निगमले क्याप्टेनदेखि सहयोगीसम्म गरी कूल १ सय ७४ जना कर्मचारीको माग गरेको हो ।
सिनियर क्याप्टेन १३, जुनियर क्याप्टेन १५, वरिष्ठ सहायक ३४, सहयाक १८ लगायत अन्य पदका लागि शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो । निगमले माग गरेका कर्मचारीका लागि फारम भर्न फागुन १० गतेदेखि २१ दिनको म्याद दिएको छ ।
Comments