कोशी अञ्चल अस्पताल संघीय सरकारको मातहतमा
Published:
by .
विराटनगर । विराटनगरको कोशी अञ्चल अस्पताललाई संघीय सरकार मातहतमा रहने गरी तानिएको छ ।
प्रदेश सरकार बनेपछि कोशी अञ्चल अस्पताल सामाजिक विकास मन्त्रालय मातहत आएको थियो । तर, मन्त्रिपरिषदको बैठकले विराटनगरको कोशी अञ्चल अस्पतालसहित पाँचवटा अस्पताललाई संघीय सरकारअन्तर्गत तानेको हो ।
कोशी अञ्चल अस्पताल प्रदेश मातहत आएपछि सामाजिक विकास मन्त्रालयले मेडिकल कलेजको रुपका सञ्चालन गर्ने गरी योजना अघि सारेको थियो । तर, संघीय सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार विराटनगरस्थित कोशी अञ्चल अस्पताल, वीगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल, डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई केन्द्र सरकार मातहत तानेको हो ।
यसअघि विभिन्न ११ वटा अस्पताललाई सरकारले केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको थियो ।
Comments