सडक दुर्घटना न्यनिकरण गर्न कमल गाउँपालिकाले विषेश योजना अघि सार्ने
Published:
by .
कमल । सडकमा छोडिने छाडा पशुका कारण बढी दुर्घटना घटना हुने गरेका छन् ।
कमल गाउँपालिकामा “ सडकमा छोडिने छाडा पशु नियन्त्रण, दुर्घटना न्युनिकरण र यातायात सेवालाई नियमित गर्ने विषयक ” अन्तरक्रियामा सहभागी अधिकांशले पशुकै कारण रतुवा देखि कनकाई माईसम्मको क्षेत्रमा सुडक दुर्घटना भएको बताए ।
कमल गाउँपालिकाको आर्थिक सहयोग तथा मेची युनस्को क्लवको आयोजनामा केर्खा स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा अन्तरक्रिया भएको थियो ।
पुर्व पश्चिम सडक खण्ड अन्तरगत गाउँपालिकाको वडा नम्बर ३,४ र ५ मा पर्ने कमल खोलादेखि रतुवा खोलासम्मको क्षेत्रमा चरणका लागी छोडिएका छाडा पशुका कारण दुर्घटना हुने भएकोले त्यसलाई न्युनिकरण गर्न गाउँपालिकाले यस्तो योजना अगाडी सारेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
त्यसैगरी माई खोलादेखि रातुवासम्मको क्षेत्रमा हुने अधिकांश सवारी दुर्घटना छाडा पशुकै कारण हुने गरेको छ । त्यसको न्युनिकरणका लागी कमल गाउँपालिकाले सुरु गरेकोमा कार्यक्रमका सहभागीहरुले धन्यवाद दिएका थिए । सडकमा छोडिएका छाडा पशुका कारण कमल गाउँपालिका अग्रणि स्थानमा छ । यसले गाउँपालिकाको चिनारी फरक पारेको छ । यसमा सबै लागेर खुल्ला छोडिएका पशुलाई नियन्त्रण गर्न आवश्यक छ, लक्षित बर्ग पहिचान गरी यस कार्यक्रमलाई कार्यन्यन गर्न कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकाटीले अनुरोध गरे ।
हामी जनताको सम्बृद्धि चाहान्छौ स्थानीय जातका पशु पालेर र दिनभरि जङ्गलमा छोडेका भरमा कुनै फाईदा नहुने कमल गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज ढकालले बताए । पशु छाडा छोडेका कारण नै सवारी दुर्घटनामा बढेको भन्दै उनले उन्नत जातका पशुलाई घरमा व्यवस्थित तरिकाले पाल्नेमा कृषकलाई घाँस काट्ने मसिन, उन्नत जातको घाँसको विउ र पशु विमा लगायतका थप सुविधा गाउँपालिकाले उपलब्ध गराउन जानकारी दिए ।
मेची युनेस्को क्लवका अध्यक्ष मधुसुधन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले सवारी दुर्घटनामा सवारी चालकको पनि उत्तिकै भूमिका हुने भएकाले सवारी चलाउँदा ट्राफिक नियम पालना गर्नु पर्ने बताए ।
त्यसैगरी कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल, शिक्षककुमार खतिवडा, दुरेन नेम्वाङ्ग, मानबहादुर विष्ट लगायतले छाडा छोडिएका पशुका कारण हुने गरेको दुर्घटनामा धेरैले ज्यान गुमाई सकेको बताउँदै खुल्ला चरि चरणमा रोक लागाउनु पर्ने बताए ।
Comments