भद्रपुर जेसीजले दियो सात विद्यार्थीलाई छात्रबृत्ति
Published:
by .
भद्रपुर । भद्रपुर जेसीजका सन १९९८ का अध्यक्ष स्वर्गीय खगेन्द्र सुवेदीको १४ औ स्मृति दिवसको आसरमा ७ जना विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
भद्रपुर जेसीजको पहलमा भद्रपुर तथा हल्दिवारी क्षेत्रका विभिन्न विद्यालयहरुमा ७ जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई माध्यमिकसम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाई दिएको छ । छात्रवृत्ती पाउनेहरुमा विदुर इङलिस स्कुलका अजय वानियाँ, एमरल्ड एकाडेमीकी सरस्वती सिंह , हिमालय इङ्लिस स्कुलका विवेक राई , विभुति विद्या मन्दिरका महेश दुलाल , नेशनल मेरिगोल्ड इङलिस स्कुलका संजय वानियाँ, प्रज्ञा एकाडेमीकी तृष्ण राई र सिग्मा इङलिस स्कुल हल्दिाबारीकी दिक्षा ढकाल रहेका छन ।
भद्रपुर जेसीजका सन २०१९ का अध्यक्ष अनुज खतिवडाको सभापतित्व तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रिय महासचिव भरत प्रसाइ, पूर्व अध्यक्ष रमेश पोखरेल , प्रकाश भण्डारी निवर्तमान अध्यक्ष सोम ढुङ्घगेल , स्व. खगेन्द्र सुवेदीका दाजु गुरुप्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेलको संचालन तथा उपादक्ष मनोज भट्राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्व. सुवेदीको जिवनी माथी प्रकास सोम ढुङ्घगेलले पारेका थिए ।
Comments