Sajhamanch Archive

३७ विद्यार्थी एकै पटक विरामी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

रुकुम । रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढन आएका विद्यार्थीहरु ठूलो संख्यामा एकै पटक बिरामी परेपछि विद्यालयलाई उनीहरुको उपचारमा समस्या आइपरेको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु आइतबार विहान विद्यालय आउन साथै भकाभक बिरामी परेका हुन् । आइतबार बिहान विद्ययालय आएर प्रार्थना लाइन लागेका बेला टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने जस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएपछि के गर्ने कसो गर्नेको अवस्था सिर्जना भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका छन् ।

विद्यालय आएका २७९ जना विद्यार्थीमध्ये यो समाचार तयार पार्दासम्म ३७ जना बिरामी भएको प्रधानाध्यापक सेनले जानकारी दिएका छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको पनि उनले बताएका छन् ।

स्कुल दुर्गमा ठाउँमा रहेकाले बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या परेको छ । विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ४ हुकामको स्वास्थ्य चौकी पुग्न पनि करीब दुई घण्टा लाग्ने सेनले बताएका छन् ।

स्वास्थ्य चौकीसँग यतिबेलासम्म सम्पर्क हुन नसकेका कारण विद्यार्थीको उपचार गर्न समस्या परिरहेको प्रअ सेनले बताएका छन् । एकै पटक ठूलो संख्यामा विद्यार्थी बिरामी परेको र विरामीको संख्या थप भइरहेकाले कसरी उपचारको व्यवस्था मिलाउने भन्ने सोंच्नै नसकिरहेको सेन बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *