Sajhamanch Archive

बालिकामाथि सामूहिक बलात्कार गर्नेलाई जनही १७ बर्ष कैद

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने दुई जनालाई जिल्ला अदालत मोरङले जनही १७ बर्ष कैद सजाय सुनाएको छ ।

मुख्यन्यायधिस राजुकुमार खतिवडाको इजलासले नयाँँ अपराध संहिताकामा भएको व्यवस्था अनुसार  बलात्कारमा १५ बर्ष र सामूहिक बलात्कारमा थप २ वर्ष गरेर जनही १७ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का २२ वर्षीय मनोज राई र २३ वर्षीय राजकुमार माझीलाई अदालतले जनही १७÷१७ वर्ष कैद सजायको अन्तिम फैसला गरेको हो ।

गत असोज ६ गते राति राई र माझीले पथरीशनिश्चरे –७ स्थित शिव पञ्चायत मन्दिरको चउरमा लगेर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारमा संलग्न दुवै जनालाई प्रहरीले पक्राउ गरेर जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।

साथीको जन्मोत्सव मनाउन भनेर घरबाट हिंडेकी बालिका सामूहिक बलात्कारमा परेकी थिइन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *