Sajhamanch Archive

श्रीमतीलाई हतियार प्रहार गर्ने ध्रुब पक्राउ

Published: in राष्ट्रिय समाचार by .

संखुवासभा  ।  संखुवासभाको खाँदवारी नगरपालिका – ३ मा आतबार आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने बर्ष ३८ को ध्रुब बिकले आफ्नै श्रीमती बर्ष ३२ को अन्जना बि‍‍कलाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए ।

हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी बिकलाई उपचारको लागि जिल्ला अस्पतला खाँदवारी पठाईएको छ ।

घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई हतियार प्रहार गर्ने ध्रुव बिकलाई नियन्त्रणमा लिई खुकुरी र चक्कु समेत बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *