Sajhamanch Archive

मैले राजीनामा दिएपछि सबै ठीक हुन्छ भन्थे, अहिले ताण्डव हेर्दैछु : पूर्वसभापति महर

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद चरमचुलीमा पुगेको छ ।

आइतवार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा देउवा पक्षीय र सिटौला पक्षीय विद्यार्थीबीच एकआपसमा झडप हुँदा ३ जना विद्यार्थी र १ जना पत्रकार घाइते भए ।

नेविसंघ सभापति नैनसिंह महरले माघ २८ गते राजीनामा दिएपछि निर्वाचित कार्यसमिति विघटन भयो । पार्टीले नेविसंघको १२ औं महाधिवेशनका लागि तदर्थ समिति गठन ढिलाइ गरिरहेको छ । यहीबीचमा सिटौला समूहले ३२ वर्षे उमेर हद कार्यान्वयन गरिनुपर्ने माग गरेको छ ।

तदर्थ समिति गठनमा भएको ढिलाइ र आन्तरिक किचलोले नेविसंघको महाधिवेशन संकटमा परेको छ । नेविसंघका विघटित कार्यसमितिका अध्यक्ष नैनसिंह महरले नेविसंघभित्र अहिले ताण्डव देखिएको बताएका छन् ।

‘मैले राजीनामा दिएपछि सबै ठीक हुन्छ भनेर प्रचार गरियो,’ महरले लोकान्तरसँग भने, ‘मेरो राजीनामा पार्टीका लागि अमृत हो भन्ने लागेको थियो, सबै पक्षका नेताहरूलाई । मैले बाटो छोडेपछि पनि उहाँहरूले किन केही गर्न सक्नुभएको छैन ? किन यस्तो ताण्डव मच्चिरहेको छ, मैले त्यही हेर्दैछु । अहिले खासै बोल्नुपर्ने केही छैन मैले ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *