Sajhamanch Archive

पाकिस्तानविरुद्ध भारतीय सेनाको ‘सर्जिकल स्ट्राइक’, घुसपैठ रोकेको पाकिस्तानको दाबी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं ।  पुलवामा आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

पाकिस्तानी सेनाले भारतीय बायुसेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको र पाकिस्तानी हवाई सेनाको जवाफी कार्वाहीपछि फर्कीएको जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्विट गर्दै मुजफ्फराबाद सेक्टरबाट भारतीय विमान सेनाको घुसपैठको कोशिस रोकेको जनाएका छन् ।

भारतीय वायु सेनाले बिहान साँढे ३ बजे एकैसाथ १२ वटा ‘मिराज’ युद्धविमानबाट पाकिस्तानी आतंकवादीहरुको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको हो ।

भारतीय सेनाले आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेपछि त्यस्को प्रतिक्रियाबारे पाकिस्तानी उच्च सैन्य अधिकारीहरुबीच छलफल भइरहेको पाकिस्तनी सञ्चार माध्यमहरुले जनाएका छन् ।गत फ्रेबुअरी १४ मा पाकिस्तानमा रहेको आतंकवादी समूह जैश–ए–मोहम्मद आतंकबादी समुहले भारतको कश्मीरमा गराएको आत्माघाती आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएपछि बदलास्वरुप भारतले पाकिस्तानभित्रै सैन्य कारबाही गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *