Sajhamanch Archive

इरानी विदेशमन्त्रीले एक्कासि किन दिए राजीनामा ?

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

तेहरान।  इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका छन् ।

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेखेका छन् । उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरु र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले अहिले किन राजीनामा दिएको बारेमा केही जानकारी दिइएको छैन । विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए ।  –सिन्ह्वा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *