विद्यालयको विकासमा स्थानीय यूवा सक्रिय
Published: (Updated: )
by .
विर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित शहीद लक्ष्मी प्राथमिक विद्यालयको बिकासका लागि स्थानीय युवाहरू सक्रिय भएका छन् ।
नगरपालिकाले नमुना बिद्यालय बनाउने घोषणा गरे सगैं स्थानीय पनि उत्साहित भएका हुन् । बिद्यालय परिसरमा आर्थिक समितिको पहलमा भएको अन्तक्रिर्यामा बिर्तामोड नगर उपप्रमुख पबित्रा महतरा प्रसाईंले शहीदको नाममा स्थापना भएको प्रदेश नम्बर १ कै एक मात्र विद्यालय भएकाले यसलाई जोगाउनु हाम्रा शहीदहरुप्रतिको सम्मान हुने बताइन् ।
विद्यालयलाई ११ हजार १ सय ११ रुपैया ब्यक्तिगत सहयोग प्रदान गर्दै प्रमुख प्रसाईंले नगरपालिकाबाट हुने सबै सहयोग गर्न र पहल गर्ने आफू तयार रहेको बताइन् । विद्यालयका प्रधानाध्यापक बिरेन्द्र बुढाथोकीले २१ हजार १ सय , शिक्षिका बिन्दा बुढाथोकी ५ हजाए १ सय एकाउन्न रुपैयाँ घोषणा सहयोग दिने घोषणा गरेका छन् । समितिका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्ष्ता रहेको अन्तक्रिर्यामा उप प्रमुख पबित्रा महतरा प्रसाईं ब्यबस्थापन समिति अध्यक्ष हरि चौलागाईं , लगायतले आ –आफ्नो धारणा राखेका थिए । संयोजक बुढाथोकीले आफ्नो गाउँ आफै बनाउन आफै बाटयस्तो कार्यको शुरूवात गरेकाले सबै एकजुट हुन आग्रह गरे ।
Comments