सताक्षीधाममा १ करोड ८२ लाखको लागतमा माङ्गहिम मन्दिर बन्दै
Published: (Updated: )
by .
दूधे । धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा तेमेनुलम किराँत माङ्गहिम मन्दिरको निर्माण कार्य सुरु गरिएको छ ।
मंगलबार सताक्षीधाममा पत्रकार सम्मेलन गरी गएको ८ गतेबाट माङ्गहिम मन्दिरको निर्माण कार्य सुरु गरिएको जानकारी गराइएको हो ।
धार्मिक तथा पर्यटकीय विकासमा टेवा पु¥याउन मन्दिरको स्थापना गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष सन्तकुमार फेवदेनले जानकारी दिए ।
किराँती सभ्यतालाई सजिलै बुझ्न सक्ने गरी किराँत धर्मको प्रचार प्रसार गर्ने साथै विभिन्न धर्महरु बीच धार्मिक एकता कायम गर्न माङहिम मन्दिरले भूमिका खेल्ने अध्यक्ष फेवदेनले जानकारी दिए । मन्दिर ५ कठ्ठा जमिनमा १ करोड ८२ लाख लागतमा ५ वर्ष भित्र सम्पन्न निर्माण सम्पन्न गरिने बताइएको छ । स्थानीय बासी, व्यापारी, विभिन्न संघ संस्थाहरुको सहयोगले निर्माण कार्य पुरा गर्ने निर्माण समितिले जनाएको छ ।
Comments