मृगौला पीडित परियारलाई दुई साहित्यिक मञ्चको सहयोग
Published:
by .
कमल । झापाको कमल गाउँपालिका वडा नं.३ निवासी मृगौला पीडित परियारलाई सहयोग रकम प्रदान गरिएको छ । युनिक कलेज साहित्यिक मञ्च र मोडल क्याम्पस साहित्यिक मञ्च दमकले संयुक्त रुपमा मृगौला पीडित पूर्णकुमारी परियारको परिवारलाई १० हजार १ सय ७५ रुपैया सहयोग रकम हस्तान्तरण गरिएको हो ।
परियार २ वर्ष अघिदेखि मृगौला, पाठेघर र कलेजो रोगबाट पीडित बन्दै आएकी छिन् । उहाँको अवस्था देखेर दुई साहित्यिक मञ्चले रकम संकलन गरी राहत स्वरुप प्रदान गरिएको मोडल क्याम्पस साहित्यिक मञ्चका अध्यक्ष जितेन साम्पाङ्गले बताए ।
परिवारमा विहान बेलुका छाक टार्न नै समस्या छ श्रीमतिका उपचार कसरी गर्ने श्रीमान् हिरालाल परियारले दुखेसो पोखे । आर्थिक स्थिति ज्यादै कमजोर भएकाले ठूलो अस्पताल लगेर उपचार गर्न नसकेका कारण श्रीमती थलिएकी छिन् उनले भने, । उनले कतैबाट राहत रकम जुटेमा उपचार गर्न सकिने बताए । परियारका ३ छोरा र १ छोरी छन् । हिरालला साइकल मर्मत गर्ने काम गर्नु गर्छन । साइकल बनाएर कमाएको रकमले विहान बेलुकाका छाक नसिने श्रीमान् हिरालालले बताए । उनले श्रीमतिका उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेका छन् ।
Comments