Sajhamanch Archive

ताप्लेजुङबाट स्वाभिमान यात्रा शुरु गर्दै कमल थापा

Published: (Updated: ) in राजनीति by .

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पूर्व–पश्चिम स्वाभिमान यात्रा शुरु गरेको छ । ताप्लेजुङको फुङलिङमा आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले स्वाभिमान यात्राको शुभारम्भ गरेका हुन् ।

स्वाभिमान यात्रा शुरु गर्दै अध्यक्ष थापाले देशमा लुटतन्त्र चलिरहेको भन्दै बह्मलुटबाट देशलाई जोगाउन सडकमा उत्रिने समय आएको बताए ।

लोकतन्त्र स्थापनाको १२ वर्षमा देशमा धनी र गरीबको खाडल झन बढेको तथा बेरोजगारी समस्या झन भयाभह स्थिति बनेको दाबी उनले गरे ।

राजतन्त्रको अन्त्यपछि देश अविभावक विनाको घरजस्तो अनुशासनहीन बनेको तथा सनातन धर्म मेटाइएका कारण देशमा भ्रष्टाचार र व्यभिचार बढेको उनले दाबी गरे ।
‘देशलाई अहिलेको संकटबाट मुक्ति दिनका लागि हिन्दू राष्ट्र, राजतन्त्र सहतिको प्रजातन्त्र र स्थानीय स्वायत्त साशन सहितको व्यवस्थामा जानुपर्छ,’ अध्यक्ष थापाले भने ।

हिन्दूराष्ट्र कायम, २०४६ सालपछिका मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति छानबिन लगायत सरकारसँग २२ बुँदे ज्ञापनपज्ञ बुझाएर राप्रपाले आजदेखि मेची–महाकाली स्वाभिमान यात्रा शुरु गरेको हो ।

ताप्लेजुङबाट शुरु भएको यात्राको पहिलो दिन पाँचथरमा पुगेर सकिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *