धरानबाट अत्याधुनिक हतियारसहित विप्लव माओवादीका कार्यकर्ता पक्राउ
Published:
by .
धरान । धरानबाट अत्याधुनिक हतियारसहित विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बेलबारी १० का देवकुमार लिम्बूलाई अत्याधुनिक हतियारसहित धरानको पानबारीबाट पक्राउ गरेको हो ।
लिम्बूलाई एलएमजी र एम १६ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा २ जना आउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । दुईमध्ये एक जना भने फरार रहेका छन् ।
पक्राउ परेका लिम्बूलाई अहिले पानबारीस्थित प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।
Comments