दूधे आयुर्वेदद्वारा सुत्केरी महिलालाई निःशुल्क औषधी वितरण
Published:
by .
दूधे । झापाको शिवसताक्षीमा रहेको दूधे आयुर्वेद औषधालयले सुत्केरी महिलाहरुलाई मातृशिशु सुरक्षार्थ जडीबुटिजन्य औषधी वितरण गरेको छ । बुधबार नगरको वडा नं. ४ स्थित जनता बजार स्वास्थ्य चौकीमा ३० जना सुत्केरी महिलालाई निःशुल्क औषधी वितरण गरेको हो ।
बच्चा जन्मिएदेखि ६ महिनासम्मको आमाको दुधसँगै औषधी सेवन गराउँदा आमा र बच्चाको स्वास्थ्यलाई राम्रो हुने भएकाले औषधी वितरण गरिएको दूधे आयुर्वेद औषधालयका कविराज निरिक्षक टेकनाथ अर्यालले बताए ।
सुत्केरी हुँदा आमालाई जिउ दुख्ने, कमजोरी हुने भएकाले खाने तथा मासिल गर्ने तेल समेत वितरण गरिएको दूधे औषाधालयले जनाएको छ ।
समयमा उचित आहार भए मात्र बच्चाको बृद्धी विकास हुने भएकाले बच्चाले पर्याप्त आमाको दुध सेवन गर्न पाओस भन्ने उद्देश्यले पनि सुत्केरी महिलाहरुलाई आवश्यक औषधी वितरण गरिएको निरिक्षक अर्यालले जानकारी दिए । उनका अनुसार एक महिनाको लागि औषधी दिइएको छ । अन्य औषधी आवश्यक भएमा दूधे आयुर्वेद औषधालयबाट निःशुल्क उपलब्ध गराईने छ ।
Comments