Sajhamanch Archive

मोरङमा पनि हिमपात

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर  । मोरङको पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । बिहीवार मोरङको उत्तरीक्षेत्र केरावारी गाउपालिका–२ जेफालेमा हिमपात भएको हो ।

स्थानीय पर्यटन व्यवसायी भीमबहादुर ठकुरीका अनुसार १४ वर्षपछि जेफालेमा हिमपात भएको हो । जेफालेमा १४ वर्षअघि सामान्य हिमपात भएको थियो ।

बिहीवार बिहान ९ बजेदेखि करिब ३ घण्टासम्म हिउँ परेको हो । बिहानदेखि परेको हिउँ करिब ३ फिटसम्म जमेको थियो । १२ बजेपछि मौसम खुलेको उनले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *