Sajhamanch Archive

नेकपाले ३ दीन शोक मनाउने, २३ गते केन्द्रीत शोकसभा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ । बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी को शोकमा नेकपाले ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

बिहिबार विहान बसेको सचिवालय बैठकले ३ दीन देशभर कुनैपनि औपचारिक कार्यक्रम नगर्ने र २३ गते काठमाडौंमा श्रदान्जली सभा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्र्रेष्ठले बताएका छन् । साथै बिहिबार दिनभर नेकपा कार्यालयहरुमा आधा झण्डा झुकाइने समेत निर्णय भएको छ ।

बिहिबार सातै जनाको शब बोकेर नेपाली सेनाको एम आई १७ हेलिकप्टर शव लिएर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौका लागी उडेको हो । उक्त हेलिकोप्टर करिव डेड घण्टापछि काठमाडौ आइपुग्ने छ ।

काठमाडौ ल्याइएपछि शवको परिक्षणका लागी शिक्षण अस्पतालमा लगिने बताइएको छ । यसअघि आज बिहान सुकेटार बिमानस्थमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको गर्दे परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । बुधबार हेलिकप्टर दुघर्टनामा परी निधन भएका तीन जनाको हिजो र बाकी ४ जनाको शव आज संकलन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *