Sajhamanch Archive

प्रधानमन्त्रीले भावुक मुद्रामा भने- ‘रवीन्द्रजी अप्रत्याशित रूपमा जानुभयो’

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको अल्पायुँमै निधन भयो।

ताप्लेजुङको चर्चित पाथीभरा मन्दीर नजिकैको सिस्नेभीरमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभैया र हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाए।

बहालवाला मन्त्रीसहित चर्चित पर्यटन व्यवसायी शेर्पा तथा नेपाल सरकारका उच्च अधिकारीको निधन भयो। उक्त दुर्घटनापछि मुलुकभर शोक छाएको छ। मुलुकका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पार्टीका नेता, राजनीतिक दलदेखि सर्वसाधारणले शुक्रबारसम्म शोक व्यक्त गरिरहेका छन्। दुर्घटनामा परेर ज्यान गुमाएका मन्त्री अधिकारीसहित छ जनाको दाहसंस्कार गरिएको छ भने गुरुङको पर्सिमात्र दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ। यसबीच मन्त्री अधिकारी केन्द्रीय सदस्य रहेको नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार संसदीय दलको बैठक बस्यो। दलको बैठकमा मन्त्री अधिकारीसहित उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति शोक प्रस्ताव पारित गरियो र उनीहरूका परिवारलाई सरकारले सहयोग गर्न माग गर्ने प्रस्ताव पारित भएको थियो।

संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीलाई विकासप्रेमी र जनप्रिय नेताका रूपमा सम्झना गरे। संसदीय दलका नेतासमेत बोलिरहेका ओली बोलिरहँदा नेकपाका सांसद भावुक भएका थिए। ओलीले निधन भएकाहरूको पारिवारिक अवस्थाबारे पनि जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले परिवारका सदस्यहरूलाई सहयोग गर्न सरकार तयार रहेको र अलपत्र पर्न नदिने प्रतिवद्धता सुनाए। उनले सरकारले छानबिन समिति गठन गरेको र अब त्यस्ता दुर्घटना नहोउन भनेर सचेतता अपनाउने पनि बताए। प्रधानमन्त्रीले मन्तव्यको लामो समय दिवंगत मन्त्री रवीन्द्र अधिकारीको व्यक्तित्व र कामका बारेमा खर्चिएका थिए।
थाहखबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *