Sajhamanch Archive

कला साहित्य उत्सवको चौथो संस्करण शुरु

Published: (Updated: ) in शिक्षा by .

मेचीनगर । कला साहित्य उत्सवको चौथो संस्करण शनिबारबाट शुरु भएको छ । विगत केही वर्षदेखि मेचीनगर केन्द्रित भएर विभिन्न साहित्यिक, सामाजिक र सांस्कृतिक विषयहरुमा रिडर्स झापाले गहन छलफल र उपयोगी अन्र्तक्रिया सञ्चालन गर्दै आएको छ ।

पठन संस्कृतिको पक्षमा उभिएका झापाका उत्साही युवाहरुले जन्माएको रिडर्स झापाले आयोजना गरेको उत्सव तीनदिन सम्म चल्ने छ । मेचीनगर—६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको परिसरमा शुरु कार्यक्रमको उद्घाटन संगीत श्रोताले रचना गरेको गीत अञ्जन बाबु, सौरभ मैनाली, हिमा ओली र नवीना ओलीले गाएर उद्घाटन भएको थियो ।

‘लोकतन्त्र र आलोचनात्मक चेत’ शीर्षकमा हरि शर्माले प्रवचन दिदैं लोकतनत्रमा जनता कहिल्यै थाक्न नहुने बताए । लोकतन्त्रमा जनता थाके लोक सकिएर जाने भएकाले लोकतान्त्रिक मुलुकमा तर्क, वितर्क, चर्चा परिचर्चा आवश्यक रहेको उनको भनाई थियो । चेत र चेतना निरन्तर हुने उनले तर्क राखे । साहित्यको दलन शीर्षकमा युग पाठक जेवी विश्वकर्मा र सुधिर क्षेत्रीले वहस गरे । ‘समकालिन आख्यानमा वर्ग चेत’ शीर्षकमा पुण्यप्रसाद खरेल, सरस्वती प्रतिक्षा र रेमिका थापाले आ आफ्नो विचार प्रस्तुत गरे ।

‘अभिब्यक्ति र बहिष्करण’ विषयमा अनुभव अजित, सुप्रिया मानन्धर र नयनराज पाण्डेले वहस गर्नुभएको थियो भने ‘भूराजनीतिक चिन्तन’ विषयको वहसमा डाक्टर महेन्द्र पी लामा र सुधिर शर्माले विचार प्रस्तुत गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष उज्ज्वल प्रसाईले लेखेको नाटक ‘विटुलो आख्यान’ परिवर्तन थिएटरका कलाकारहरुले मेची सामुदायिक भवनमा रहेको परिवर्तन थिएटर नाटक घरमा प्रस्तुत गरेका थिए । वन्यजन्तु फोटोग्राफर देवेन खरेलले खिचिएका चराहरुको उत्कृष्ट फोटो प्रदर्शनि पनि उत्सवको मुख्य आर्कषकको रुपमा रहेको छ । देही आर्टसले चित्रकला प्रदर्शनि तथा प्रतियोगिता सञ्चालन गदैं छ भने कार्यक्रमको अवधि भर बुकबसको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा विभिन्न स्रष्टाहरुले कविता वाचन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *