काँकरभिट्टामा निःशुल्क बाथरोग शिविर
Published:
by .
काँकरभिट्टा । बाथ रोगीलाई लक्षित गरेर शनिबार झापाको काँकरभिट्टामा एकदिने निःशुल्क बाथ रोग शिविर सम्पन्न भएको छ । ‘तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता’भन्ने मुख्य नारासहित स्थानीय मखमली बचत तथा ऋण सहकारी संस्था मेचीनगर—६ द्वारा सञ्चालित मखमली फिजियोथेरापी क्लिनिकले आयेजना गरेको शिविरमा ५६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
नेशनल बाथ रोग संस्था विर्तामोड झापाको प्राविधिक सहयोगमा क्लिनिक परीसरमा सम्पन्न शिविरको प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले गरेका थिए । शिविरमा बाथरोग विशेषज्ञ डाक्टर स्वेता नकर्मीले स्वास्थ्य परीक्षण गरेकी थिइन् । शिविरमा बाथरोगसहित कुम, गर्दन, कुहिना, ढाड, घुँडा, कुरकुचा दुख्ने समस्यालगायत नशा च्यापिएको, मुख बाङ्गेको प्यारालाईसिस तथा हातखुट्टा झमझमाउने समस्या लिएर आएका थिए । शिविरमा फिजियोथेरापिष्ट डाक्टर आस्ना मर्हजनले समेत सेवा प्रदान गरेकी थिईन् ।
मखमली बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा प्रधान कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्य, डाक्टर नकर्मी नेशनल बाथ रोग सेन्टरका निर्देशक रोशन कक्षपतिलगायतले बोलेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य तथा झापा स्काउटकी आयुक्त भुवन सुब्बा खरेलले सञ्चालन गर्नुभएको थियो । शिविरमा मेचीनगरका विभिन्न वडाबाट सेवा लिन मानिसहरु आएका थिए ।
Comments