Sajhamanch Archive

न्यू कञ्चनको अर्ध बार्षिक साधारणसभामा विद्यार्थी सम्मानित

Published: in राष्ट्रिय समाचार by .

बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ ले शनिवार आप्mनो अर्धबार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तथा जेष्ठ नागरिक चन्द्रमणी ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाका शेयर सदस्यका छोराछारीहरु मध्येबाट गत सालको एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सामूदायिक विद्यालय तर्फबाट रोष्नी धिमाल र निजी विद्यालय तर्फबाट मनिता दंगाल रहेका छन् । उनीहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

सभामा लेखा समितिका सदस्य ज्ञानबहादुर धिमालले आयव्यय तथा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष ढकालले संस्थाले प्राप्त गरेको ६ महिनाको उपलब्धी र भावी लक्ष्यबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष सुरज दंगालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दे स्वागत गरेको कार्यक्रमको संचालन सचिव खेमराज कट्टेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *