Sajhamanch Archive

अर्जुनधाराबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार by .

झापा । झापाको अर्जुनधारा नगरपालिका–९ गोल्धापबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

शनिबार बेलुका साढे ६ बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको मे८प ९४२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–८ को घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

सोही मोटरसाइकलमा रहेका सोही स्थान बस्ने २१ वर्षीय प्रकाश राजवंशीलाई समेत चेकजाँच गर्दा लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल लागूऔषध फेला परेको थियो ।

लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *