कमल गाउँपालिकामा सुत्केरी स्याहार कार्यक्रम प्रभावकारी बन्दै
Published:
by .
कमल । झापाको कमल गाउँपालिकाले सन्चालनमा ल्याएको सुत्केरी स्याहार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हालसम्म यस कार्यक्रम अन्तरगत गाउँपालिकाबाट एक सय जना भन्दा बढीले सेवा लिई सकेका छन् ।
विषेश गरेर गर्भवती महिलालाई वर्थिङ्ग सेन्टरमा बच्चा जन्माउन र भर्खर जन्मेका शिशुलाई खोप लगाउन प्रेरणा मिलोस भन्ने उद्देश्यले यो कार्यक्रम सन्चालनमा ल्याइएको कमल गाउँपालिकाले जनाएको छ ।
गर्भवती महिलाले गर्म परिक्षण गरेवापत एक हजार र वर्थिङ्ग सेन्टरमा बच्चा जन्माए एक हजार गरी जम्मा दुई हजार रुपैया पाउने गरेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।
महिलाले यो सुविधा पाउनका लागी अनिवार्य रुपमा वर्थिङ्ग सेन्टरमा बच्चा जन्माउनु पर्ने, बच्चालाई पहिलो खोप लागाएको हुनु पर्ने, चार पटक गर्भ परिक्षण गराएको हुनुपर्ने, ३५ दिन भित्रमा जन्मदर्ता गराउनु पर्ने र घरमा अनिवार्य शौचालय हुनु पर्ने छ । तोकिएको मापदण्ड पुरा गरेपछि मात्र सुत्केरी महिलाले सुविधा गाउँपालिकाले जनाएको छ ।
गत आर्थिक वर्र्षमा ३ सय ७७ जनाले सुत्केरी भत्ता बापतको सुविधा लिएका थिए भने यस वर्षमा अहिले सम्ममा १ सय जना भन्दा बढीले सुविधा पाई सकेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी जानकारी दिए । सुत्केरी स्याहार कार्यक्रमका लागी कमल गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेको छ ।
Comments