Sajhamanch Archive

कामदार युवतीलाई वेश्यावृत्तिमा लगाउने रेष्टुरेन्ट संचालिकालाई मुद्दा

Published: in राष्ट्रिय समाचार by .

विराटनगर  । महिलालाई जवर्जस्ती वेश्यावृत्तिमा लगाउने गरेको आरोपमा प्रहरीले एक रेष्टुरेन्ट संचालिकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

बाहिरबाट आएका युवतीहरूलाई करकापमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको आरोपमा विराटनगर महानगरपालिका–११ स्थित टिफिन रेष्टुरेन्टकी संचालिका प्रिया श्रेष्ठलाई पक्राउ गरी मोरङ प्रहरीले मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार मुद्दा चलाएको हो ।

संचालिक श्रेष्ठले रोजगारीका लागि आएका युवतीहरूलाई डरत्रास देखाई रेष्टुरेन्टमा आउने ग्राहकहरुसँग वेश्यावृत्ति गर्न बाध्य पार्ने गरेको प्रहरीको अरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *