Sajhamanch Archive

ज्ञान सरोवरको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर २ पृथ्वीनगर स्थित ज्ञान सरोवर निकेतन माध्यमिक विद्यालयको २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा स्वास्थ्य निशुल्क शिविर, उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा उत्सव सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपति चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानअध्यापक राम कँडेलले वार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले विविध गीत, नृत्य, हाँस्यव्यंग्यसहित कला प्रस्तुत गरिएको कार्यक्रममा छात्रा विनिसा गुरूङ र राज चापागाईले स्वागत तथा शिक्षक राजु वराल लगायतले कार्यक्रम सञ्चालन गरेका थिए ।

विद्यायलको २० औ बार्षिक उत्सवको अवसरमा आयोजित स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन् । शिविरमा विराट मेडिकल टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा वाल रोग, स्त्री रोग, जेनरल मेडिसन, छाला, यौन तथा सौदर्य रोग विशेषज्ञ डाक्टरहरूले सेवा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *