सरस्वती टोल विकास संस्थामा पुनः सुवेदी
Published:
by .
भद्रपुर । झापाको भद्रपुर–७ स्थित सरस्वती टोल विकास संस्थाको अध्यक्षमा पुनः उत्तमकुमार सुवेदी चयन भएका छन् ।
संस्थाको सोमबार सम्पन्न दोस्रो साधारणसभाले अध्यक्षमा दोस्रो पटक सुवेदीलाई चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा देवीमाया पोखरेल, सचिवमा मणि पौडेल र कोषाध्यक्षमा कुपितनारायण राजवंशी चयन भएका छन् भने अम्बिका राई, सावित्रा राजवंशी, विजय राजवंशी, प्रविण खतिवडा, केशव कोइराला, भावना भण्डारी, गीता पराजुली सदस्यमा चयन भएका छन् ।
सुवेदीकै अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।
सचिव लक्ष्मीप्रसाद पोखरेलले सञ्चालन र कोषाध्यक्ष सावित्रा ढकालले स्वागत गरेको सो साधारणसभाको अवसरमा चारजना जेष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेमा ९१ वर्षीय भरतकुमार सुवेदी, ९१ वर्षीय केला राजवंशी, ८८ वर्षीय बन्धुलाल राजवंशी, ८८ वर्षीय भक्तबहादुर गिरी, ९१ वर्षीया डम्बरकुमारी लम्साल र ९१ वर्षीया विष्णुमाया कटुवाल रहेका छन् । उनीहरुलाई नगरप्रमुख श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरी असल बुहारीको रुपमा सावित्रा राजवंशीलाई सम्मान गरिएको थियो भने नगरप्रमुख श्रेष्ठ, वडाध्यक्ष विनोदप्रसाद पोखरेललाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, नेपाली कांग्रेसका गणेश पोखरेल, राप्रपाका बाबुराम पराजुली, टोल विकास संस्थाहरुको तर्फबाट गायत्री टोल विकास संस्थाका अध्यक्ष भीम कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments