शिवरात्रीको अवसर पारेर शिद्धेश्वर शिवालय मन्दिरको उद्घाटन
Published: (Updated: )
by .
दूधे । शिवसताक्षी न.पा. वडा नं. ११ मा शिद्धेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ । शिवरात्रीको अवसर पारेर श्री गोलोक गोवर्धन गौशालाका संरक्षण तथा अध्यक्ष श्री नन्दकिशोर भारद्वजको बाहुलीबाट सो मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरमा आज भव्य पुजा आराधाना गरिएको थियो ।
स्थानीय यामबहादुर कार्कीले निःशुल्क १० धुर जग्गा दिएपछि अखण्ड हरिकीर्तन मण्डली मन्दिर निर्माण जुटेको मन्दिरका सचिव बालकृष्ण बुढाथोकीले बताए । उनले कीर्तन मण्डलीले कीर्तन गरेर जुटेको दान भेटीबाट मन्दिर निर्माण गरेको जानकारी दिए । २०७४ सालमा मन्दिरको शिल्यान्स गरी मन्दिर निर्माण गरिएको निर्माण संयोजक निर्माला प्रधानले बताइन् । मन्दिर ३ लाख ५४ हजारमा निर्माण गरिएको उनले जानकारी दिइन् ।
मन्दिरमा अध्यक्ष भारद्वजले शिवको मूर्ती निशुल्क प्रदान गरेका हुन् । अखण्ड हरिकीर्तन मण्डलीमा २५ घर परिवार आवद्ध छन् । आजैदेखि सो मन्दिरमा औपचारिक रुपमा दिनहुँ पुजा गरिने बताइएको छ ।
Comments