Sajhamanch Archive

प्रदेशस्तरीय विपद व्यवस्थापन सञ्जाल, अध्यक्षमा सिटौला

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश नं १ मा क्रियाशील विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुको एक भेलाले प्रदेशस्तरीय विपद व्यवस्थापन सञ्जाल गठन गरेका छन् ।

भेलाले झापाका रुद्र सिटौलाको अध्यक्षतामा सात सदस्यीय सञ्जाल गठन गरेको हो । सिटौला झापाको विर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रका सचिव हुन् भने गैरसरकारी संस्था महासंघ झापाका पूर्व अध्यक्ष हुन् ।

नेपालमा विपद् व्यवस्थापन तथा विपद् व्यवस्थापन पूर्व तयारीका सन्दर्भमा अभियान सञ्चालन गर्दै आएको एशिया विपद् व्यवस्थापन साझेदारी कार्यक्रम (एडीपीसी)का एशिया संयोजक मान थापाको विशेष उपस्थितिमा गठन गरिएको सञ्जालको उपाध्यक्षमा सुनसरीका लखनलाल साह, सचिवमा उदयपुरकी प्रेमुका राई र कोषाध्यक्षमा खोटाङका खिलन राई चयन भएका छन् भने ताप्लेजुङकी माया गुरुङ, सुनसरीकी जमुना सिग्देल र झापाका कुमार चूडाल सदस्यमा चयन भएका छन् ।

देशका सातवटै प्रदेशमा सञ्जाल निर्माण गर्ने उद्देश्यअनुरुप पहिलो पटक प्रदेश नं १ मा सञ्जाल गठन गरिएको थापाले जानकारी दिए । उनका अनुसार सातवटै प्रदेशमा सञ्जाल गठन भएपछि विपद् व्यवस्थापनमा काम गरिरहेका देशभरिका गैससका प्रतिनिधिहरुको बृहद् भेलाबाट केन्द्रीय सञ्जाल निमाृण गरिने पनि थापाले बताए ।

विपद व्यवस्थापन विपद्को पूर्व तयारीका विषयवस्तुमा तीनै तहका सरकारले खासै चासो नदिइरहेको परिस्थितिमा मुख्य रुपमा स्थानीय सरकारहरुसँग विपद् व्यवस्थापन र पूर्व तयारीका विषयमा समन्वयकारी भूमिका निर्वाह गर्ने गरी सञ्जाल निर्माण गरिएको पनि थापाको भनाइ छ ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले एक नं प्रदेश बाढी–पहिरो, चट्याङ, हावाहुरीजस्ता पकृतिक विपद्को जोखिममा रहेको प्रदेश भएकोले विपद् व्यवस्थापन तथा विपद् पूर्व तयारीका लागि धेरै काम गर्नुपर्ने भएकोले सबै गैसस, सरकारी निकाय तथा निजी क्षेत्रसँग समन्वय गरी सञ्जालले प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता जनाउका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *