Sajhamanch Archive

हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुँदैनः प्रमओली

Published: in राजनीति by .

काठमाण्डौं । प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।

नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम बड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारे ।

“कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागिवार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन । ” प्रधानमन्त्री ओलीले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।”

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताएका छन् । कम्यूनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कम्यूनिष्टले त यूवाहरुलाई कर्मशिल हुन,सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो । ” “यहाँ त कम्यूनिष्टको नाममा यूवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।”

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *