रेल किन्ने बजेट स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
Published:
by .काठमाडौं । सरकारले भारतीय कम्पनीबाट रेल किन्ने बजेट स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले दुई वटा रेल किन्ने निर्णय भएको बताए ।
रेल विभागलाई डेमु (डिजल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न ८४ करोड ६५ लाख ९५ हजार ६ सय (करसहित) बजेट स्विकृति दिइएको हो ।
भारतीय सरकारी कम्पनी कोन्कान रेलवेज कर्पोरेसन लिमिटेडमार्फत अब सरकारले जिटुजी प्रक्रियामार्फत दुई डेमु रेल खरिद गर्नेछ ।
यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ ।
Comments