Sajhamanch Archive

डुँडामारी र धरमपुर जोड्ने बक्स कल्भर्टको निर्माण कार्य तिब्र

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको डुडाँमारी खोलाको पक्की पुलको निर्माण कार्य तिब्र बनाइएको छ । डुँडामारी र धरमपुर जोड्ने खोलामा बक्स कल्भर्ट पुलको निर्माण कार्य तिब्र बनाइएको हो ।

पुल बनेपछि शिवसताक्षी नगरपालिका वडा नं. २ र ३ नं. वडा जोडिने छ । सो पुल २०७५ साल फाल्गुन ६ गते सम्झौता भई फाल्गुन ८ गते बाट निर्माण कार्य सुरु गरीएको हो । कल्र्भट पुल निमार्ण कार्यको लागी शिवसताक्षी नगरपालिकाबाट ७० लाख र स्थानिय जनसहभागिता बाट ३ लाख ६८ हजार ४ सय २१ रुपैयाको लागतमा ७० फिट् लम्बाई र २१ फिट् चौडाई रहने गरी कल्भर्ट पुल निर्माण कार्य अगाडी बढाईएको हो ।

बक्स कल्भर्ट पुलको निर्माण कार्य हाल ४० प्रतिशत सम्पन्न भईसकेको कर्मचारी सहयोगी स्थानिय दिल कुमार शेर्माले बताए । पुल बन्ने भएपछि स्थानीयले बर्षौदेखि भोग्दै आएको सास्तीबाट मुक्ती पाउने भएका छन् । विद्यार्थीलाई स्कुल आउन जानलाई समेत सहज हुने स्थानिय सुबोध चौधरी बताउँछन् । सो स्थानमा स्थानीयले भाटे पुल बनाई आवत जावत गर्दै आएका थिए ।

कल्भर्ट  चुडामणी बुढाथोकीको अध्यक्षतामा ९ जनाको सदस्य समितिले  निर्माण कार्य गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *