Sajhamanch Archive

झापामा फेरि युवती बलात्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । झापामा फेरि २० बर्षीय युवती बलात्कारको शिकार भएकी छिन् । हल्दिवारीको घटना सेलाउन नपाउँदै अर्को बलत्कारको घटना सार्वजनिक भएको हो ।

झापा कमल गाउँपालिका समयगढ भन्ने स्थानका २० बर्षीय युवती बलात्कार भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । युवतीलाई बलात्कार गर्ने कमल गाउँपालिका बस्ने ४२ बर्षीय शम्शेर तामाङलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

तामाङले युवतीलाई घर नजिकै रहेको मकैबारीमा लगेर जवरजस्ती करणी गरेको पीडित युवतीले दिएको बयानका आधारमा उनका बुबाले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले तामाङलाई मंगलबार राती पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए ।

झापाको कमल गाउँपालिका समयगढ भन्ने स्थनबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै गत चैत ३ गते हल्दिवारी गाउँपालिकामा १४ बर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले हल्दिवारी गाउँपालिका २ बस्ने ६५ बर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ गरेका अधिकारीमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराई प्रहरी कार्यालयले झापा अदालतबाट म्याद थप गरी अनुसंन्धान शुरु गरिसकेको जनाइएको छ । यता बलात्कारको घटना मिलाउन आर्थिक चलखेल गरेका

जनप्रतिनिधिसहित अन्य तीन जनाको बिषयमा समेत प्रहरी अनुसंन्धान थालेको प्रहरी कार्यालय झापाले जनाएको छ । बलात्कार घटनाको आर्थिक लेनदेनमा हल्दिवारी वडा नम्बर २ का वडा सदस्य खगेन्द्र राजवंशी, स्थानीय डिकेन राजवंशी र विजय राजवंशीको नाम जोडिएको प्रहरीको दावी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *