Sajhamanch Archive

नेपालमा १ अर्ब डलर लगानी गर्न आईएफसी तयार

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । शुक्रवारदेखि सुरु भएको लगानी सम्मेलन इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले नेपालमा १ अर्ब डलर लगानी गर्ने बताएका छन् ।

शनिवार सम्मेलनमा बोल्दै भाग लिन आएका आईएफसी उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले नेपामाल लगानी गर्न तयार रहेको बताएका हुन् ।

विश्व बैङ्क समूह अन्तर्गतको संस्था रहेका आईएफसीले ४ वर्षको योजना बनाएर लगानी गर्ने सक्ने बताएका हुन् । उनले भने, ‘चार वर्षको लक्ष्य लगानीको योजना बनाएर र एक अर्ब डलर लगानी गर्न सक्छौँ ।’

उनले ठुला परियोजनाले रोजगार बढाउने भन्दै त्यस्ता परियोजनामा नेपालले ध्यान दिनुपर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *