हक हित अधिकारका लागि मजदुरलाई एक हुन नगरप्रमुखको आग्रह
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले राजनीति विचार र आस्थाका आधारमा फरक भएपनि आफ्ना हक, हित अधिकारका लागि हरेक क्षेत्रका मजदुर एकजुट हुनपर्ने बताएका छन् ।
शनिबार नेपाल यातायात मजदुर संघ मेचीनगर इकाईको नवौँ इकाई अधिवेशको उद्घाटन गदैं प्रमुख आचार्यले देशकै अर्थतन्त्रको मुख्यः मेरुदण्डका रुपमा रहेको यातायातक्षेत्रमा कार्यरत मजदुरहरुको जीनव स्तर खासै माथि उठ्न नसकेको धारणा राखे ।
नगर प्रमुख आचार्यले राजनीति विचार र आस्थामा हरेक मजदुरहरु फरक हुन सक्ने बताउँदैं उहाँले आफ्ना हक, हित अधिकार सुरक्षाका लागि सामुहिक मुद्धामा एक आपसमा नफुटी अधिकार प्राप्तीका लागि एकठाउँमा जुट्न मजदुरहरलाई सुझाँव दिए । सरकारले सिन्डीकेटका नाममा सरकारले हरेकक्षेत्रका मजदुरलाई आफ्नो पेशाबाट विस्थापित गर्न खोजेको आरोप लगाउँदै प्रमुख आचार्यले आफु स्थानीय सरकारको प्रमुख भएकाले यो सरकार हरेक क्षेत्रका मजदुरहरुकोे हक, हित अधिकार प्राप्ती र उनीहरुको दुःख सुःखमा सधै साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
यातायात क्षेत्र र त्यसमा कार्यरत मजदुरहरुलाई समाजले फरक र नकरात्मक दृष्टिकोण हेर्ने गरेको भन्दैं उनले हरेक मजदुरले आफ्नो पेशालाई मर्यादित, अनुशासीत बनाउनुपर्नेमा समेत जोड दिए । मजदुरहरुको श्रम शोषण गरेर उनीहरुमाथि अपमान हुने व्यवहार गरेर कहिल्यै पनि देश समृद्धशाली नबन्ने उनको भनाई थियो । देशको अर्थतन्त्रको ठूलो हिस्सा यातायात क्षेत्रले ओगटेको र त्यसमा कार्यरत मजदुरहरुको जीवनस्तर माथि उठ्न नसके यो क्षेत्र नै धराशायी बन्ने प्रमुख आचार्यले बताए । त्यसप्रति हरेक व्यवसायीहरुलाई गम्भीर बन्न आग्रह गरे । नगरपालिकाले हरेक क्षेत्रका मजदुहरुसँग समन्वय गरेर उनीहरुको अभिलेख राख्ने, बीमाको व्यवस्था गर्ने तथा पञ्जिकीकरण गरी उनीहरुका हक, हित अधिकारलाई सम्बोधन गर्ने बताए ।
मेची बस व्यवसायी प्रालिको सभाकक्षमा भएको कार्यक्रममा संघका केन्द्रीय सचिव प्रल्हाद श्रेष्ठ, सल्लाहकार सदस्य बशन्त तिवारी, नेपाल ट्रेड यूनियन काँग्रेसका झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरका अध्यक्ष खडानन्द भण्डारी, मेचीनगर वडानम्बर—६का वडाध्यक्ष ललितबहादुर तामाङ, मेची उद्योग बाणिज्य संघ मेचीनगरका महिला उपाध्यक्ष विना तामाङ, नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले मजदुरहरु कुनै एक राजनीति दलको मात्र हुन नहुने बताए । अहिले सरकारले तोकेको न्यूनतम ज्याला नपाएर पूर्वी नेपालका चिया मजदुुरुहरु अहिले सडक आन्दोलनमा छन् । मजदुरहरुले सरकारले तोकेको ज्याला पाएका छैनन् , राजपत्रमा प्रकाशित सेवा सुविधाबाट बञ्चित छन्, श्रम ऐन कार्यान्वयन भएको छैन् यसकारण कुन मजदुर कुन दलको भन्दा पनि हरेक मजदुर आपसमा नफुटी एकजुट भएर आफ्ना अधिकार प्राप्तीका लागि एक ठाउँमा उभिनुपर्नेमा सहभागी वक्ताहरुको जोड थियो ।
सोहि अवसरमा संघले हरेक क्षेत्रका मजदुरका हक हित अधिकार सुनिश्चित गर्न अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्ने दुईजना मजदुर नेताहरुलाई सम्मान गरेको छ । यसरी सम्मानितहरुमा संघका सल्लाहकर इन्द्रप्रसाद खरेल र जर्नादन कोइराला छन् । दुवैजनालाई प्रमुख अतिथि नगर प्रमुख आचार्य, केन्द्रीय सल्लाहकार सदस्य बशन्त तिवारी, इकाई अध्यक्ष विशाल तामाङलगायतले नगदसहित दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए । सचिव कर्णबहादुर थापा मगरले सञ्चालन गरेको उद्घाटन सत्रको सभापतित्व संघका अध्यक्ष विशाल तामाङल तथा स्वागत महिला उपाध्यक्ष विष्णु शिवाकोटीले गरेका थिए ।
Comments