Sajhamanch Archive

कमल गाउँपालिकामा विकास बहस

Published: in राष्ट्रिय समाचार by .

कमल  । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७५। ०७६ का लागी तयार पारेको नीति तथा कार्यक्रम जनमुखी भयो भएन भन्ने विषयमा शुक्रवार विकास बहस गरिएको छ ।

जिल्ला समन्वय समिति झापा, झापा जिल्ला सहकारी संघ र मिडिया रिसर्च सेन्टरको आयोजना र कमल गाउँपालिकाको व्यवस्थापनमा झापाका १५ वटै स्थानिय तहको नीति तथा कार्यक्रमका बारेमा विकास बहस सन्चालन गर्ने क्रममा कमल गाउँपालिकामा सन्चालन गरेको मिडिया रिसर्च सेन्टरका अध्यक्ष तिर्थ सिग्देलले जानकारी दिए ।

गाउँपालिकाले तयार पारेको निती तथा कार्यक्रमका विषयमा विषय विज्ञ अर्थशास्त्रि राजेन्द्र अधिकारी, सहकारीका तर्फ बाट खोम बगाले तथा सरकारका तर्फ बाट जिल्ला समन्वय समिती झापाका उपाध्यक्ष मिना पराजुलीले नीति तथा कार्यक्रका विषयमा बोलेका थिए ।
कार्यक्रममा “समृद्ध कमल हाम्रो सरोकार” नारालाई सफल बनाउन गाउँपालिकाको नीति तथा कार्यक्रमका विषयमा उठेका जिज्ञासाको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले प्रष्ट पारेकी थिईन् ।

गाउँपालिका उपाध्यक्ष बेनु प्रसाद सिवाकोटीले सहभागीले राखेका जिज्ञासाको जवाफसहित धन्यवाद मन्तव्य राखेका थिए भने मिडिया रिसर्च सेन्टरका सचिव सन्तोष आचार्यले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *