बालिकाको अभिभावक बने समाजसेवी ढुंगाना
Published:
by .कमल । झापाको कमल गाउँपालिकाकी एक बालिकाले अभिभावकत्व पाएकी छन् ।
अत्यन्त न्युन आर्थिक अवस्थामा रहेकी ३ वर्षीय रुपा दर्जीलाई कमल गाउँपालिका २ निवासी राजन ढुङ्गानाले अभिभावकत्व ग्रहण गरेका हुन् ।
स्थाई घर झापाको गरामनी भए पनि हाल कमल गाउँपालिका २ स्थित मावलमा हजुरबुबासँग बस्दै आएकी रुपालाई श्री महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी ढुङ्गानाले रुपाको कक्षा १२ सम्मको विद्यालयमा लाग्ने सम्पूर्ण खर्च गर्ने ढुङ्गानाले बताए । बैशाख ४ गते बुधवार नै रुपालाई संरक्षकत्व दिएर कमल २ स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा नर्सरीमा भर्ना गराएका थिए ।
कमल गाउँपालिकाले समेत “हाम्रो नगर हाम्रो गाउँ सबै वालवालिकालाई विद्यालयमा पुर्याउन ” राष्ट्रिय भर्ना अभियान २०७६ भन्ने अभियानका साथ सबै वालवालिकालाई विद्यालयमा पुर्याउने उद्येश्यमा गाउँपालिका लागेको बेला ढुङ्गानाको यस्तो कार्यले गाउँपालिका लाई थप सहयोग पुगेका छ ।
यस अघिपनि ढुङ्गानाले कमल १ बासबारीमा स्थित श्री बासबारी माद्यामिक विद्यालयमा स्वरस्वतिको मन्दिर निर्माण गरि हस्तान्तरण गरेका थिए ।
Comments