खोटाङ सेवा समाज कतारमा नयाँ नेतृत्व
Published: (Updated: )
by .कतार । खोटाङ सेवा समाज कतारको १९ अप्रिल शुक्रबार सम्पन्न १०औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
समाजको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन भएका छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, दितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन भएका छन् ।
२१ सदस्यीय नयाँ कार्यसमितिको सदस्यमा बलराम आचार्य, महेश दाहाल, चूडामणि पुरी, गजेन्द्र राई, जीवन राई, राजकुमार राई, सन्तोष आले, विश्वराज खत्री, लोकेन्द्रबहादुर खड्का, गंगा पराजुली, यादव पुरी, मोहन कोइराला, रामकुमार मगर र महिला सदस्यमा गंगा गुरुङ चयन भएका नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिएका छन् ।
नवनिर्वाचित अध्यक्ष शर्माले समाजमार्फत विगतमा गरिएका अपुरा कामहरुलाई आफ्नो कार्यकालमा निरन्तरता दिँदै आगामी दिनमा नयाँ एवम् उल्लेखनीय सामाजिक काम गर्ने प्रतिवद्दता जनाएका छन् ।
कार्यक्रममा निवर्तमान प्रथम उपाध्यक्ष एकराज राइले स्वागत मन्त्यब्यसँगै खोटाङको चिनारी प्रस्तुत गरेका थिए । विविध साँस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको अधिवेशनको उद्घाटनमा गायन तथा नृत्यको प्रस्तुति नमस्ते खोटाङले पस्किएको थियो ।
अधिवेशनका प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष नगेन्द्र पोखरेल (नबिन) ले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गरे । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न आफू सदैव तयार रहेको उनको कथन थियो ।
कार्यक्रममा रोजगारीका सिलसिलामा कतार पुगेर स्थापना गरिएका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति थियो । उनीहरुले खोटाङ सेवा समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि जनाएका छन् ।
खोटाङ सेवा समाज कतारले संस्थाका सस्थापक सदस्यहरु चानक पोख्रेल, भाइकाजी गुरुङ, अमृतकुमार राइ र धनकाजी गुरुङला दोसल्ला ओढाई सम्मानसमेत गरेको थियो । त्यसैगरी संस्थाका विभिन्न कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुलाई समाजले कदर एवम् प्रसंसा पत्रले सम्मान गरेको थियो ।
खोटाङ सेवा समाजले कतारमा पुगेर विभिन्न समस्यमा परेका खोटाङ्गे तथा गैरखोटाङ्गेलाई सहयोग गर्नुका साथै गृह जिल्लाको विकासको लागि एम्बुलेन्स सेवाजस्ता विभिन्न विकास निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।
समाजका महासचिव कैलाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको सभापति निवर्तमान अध्यक्ष तिलाबहादुर खत्री रहेका थिए ।
Comments