शिक्षकहरुको पेशागत अभिबृद्धि तालिम सम्पन्न
Published:
by .विर्तामोड । झापाको बिर्तामोड ९ गरामनी स्थित दुर्गा माबिमा संचालित ३ दिने शिक्षकको पेशागत अभिबृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
गरामनी क्षेत्र का ४ वटा बिद्यालयका ३५ शिक्षक तालिममा सहभागी रहेका थिए । सोहि बिद्यालयमा कार्यरत शिक्षक धर्मेन्द्र भट्टरार्इको पहलमा विद्यालय द्वारा आयोजित तालिमको नेल्टा झापाका अध्यक्ष समेत रहेका धर्मेन्द्र भट्टरार्इ, नेल्टा प्रदेश १ का सचिब रुद्र बहादुर थापा एक्सेश झापाका शिक्षक टिका प्रसाद सुबेदी र युएन एच सिआर दमकका युबराज रोकाले तालिमको सहजीकरण गरेका थिए ।
सहजकर्ताले अंग्रेजी भाषा शिक्षण, आइसीटी प्रबिधिको प्रयोग , सिकाईको पहिचान र कक्षाकोठा ब्यबस्थापनका साथै बाल अधिकार र संरक्षण सम्बन्धि प्रशिक्षण दिएका थिए । तालिमको समापनमा बिर्तामोड नगर शिक्षा अधिकृत युबराज पाण्डे ले अबको तालिम प्रविधिमा आधारित हुनु पर्ने बताए । उनले प्राय सबै बिद्यालयहरु अंग्रेजी माध्यमतर्फ़ उन्मुख भएकाले नगर शिक्षा ले नेल्टासँग सहकार्य गरि अंग्रेजी भाषा तालिम संचालन गर्ने योजना रहेको बताए ।
दुर्गा माबिका प्रधानाध्यापक कृष्णप्रसाद पाठकले आफ्नो बिद्यालय संगै छिमेकी बिद्यालयलाई समेत सहभागी गराई तालिम संचालन गर्न पाएकोमा खुशी ब्यक्त गरे । तालिममा सहभागी दुर्गा माबि , देबकोटा आधारभुत , शुक्रराज आधारभूत र जनता आधारभूत बिद्यालयका शिक्षकहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै प्रशिक्षकहरुलाई प्रशंशा पत्र र मायाको चिनो प्रदान गरिएको दुर्गा माबिका शिक्षक खिल प्रसाद सिवाकोटीले जानकारी दिएका दिए ।
Comments