Sajhamanch Archive

विषय प्रवेशमै सकियो राप्रपा-सरकार वार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । हिन्दू राष्ट्र पुनर्स्थापना लगायतका २२ बुंदे मागसहित आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीचको आजको वार्ता विषय प्रवेश मात्र गरेर सकिएको छ । 

मंगलबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा सैद्धान्तिक र जनजीविकासँग सम्बन्धित कुराहरु मात्र भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राजनीतिक विषयले प्रवेश पाए पनि निष्कर्षमा भने नपुगिएको उनले बताए । फागुन ७ गते धर्मनिरपेक्षबारे जनमतसंग्रहलगायत २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै आन्दोलन गर्दै आएको थियो ।

वार्तामा सरकारी टोलीका संयोजक कानुन मन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गरेका थिए । राप्रपाको तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुनः छलफल गर्ने सहमति गर्दै पहिलो वार्ता सकिएको बताएका छन् ।

सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरेको छ । बैठक अर्को हप्ता पुनः बस्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *