Sajhamanch Archive

नयाँ शक्ति र फोरमबीच एकताको सहमति

Published: in राजनीति by .

काठमाडौं । नयाँ शक्ति पार्टी  नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार राति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन्। भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगाइएको हो।

एकताको सहमतिपत्रमा अहलिे केहीबेरमा भट्टराई र यादवले हस्ताक्षर गर्ने तयारी गरिएको छ। त्यसपछि आजै दुवै पार्टीको केन्दीय समिति बैठक बसेर केन्द्रीय समिति भंग गर्नेछन्। आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने पाण्डेले बताए। घोषणासभापछि नयाँ के न्द्रीय समिति गठन गरिने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *