Sajhamanch Archive

भद्रपुरमा वातावरण मैत्री सिएलसी इटाको उत्पादन सुरु

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । झापा जिल्लामा पहिलो पटक वातावरण मैत्री सिएलसी इटा उद्योगले भद्रपुरबाट उत्पादन सुरू गरेको छ ।

लक्ष्य बृक एण्ड मेटल इण्डष्ट्रिज भद्रपुर ७ ले जर्मनी रसायन सहित स्तरीय पर्यावरणमैत्री मेसिनबाट सिएलसी इटा उत्पादन सुरू गरेको हो ।

युवा व्यवसायी दीपबहादुर श्रेष्ठ, सञ्जय श्रेष्ठ, दिपेन्द्रकुमार कार्की र अनुसा बानियाँले २ करोड ५० लाख लगानीमा सुरू गरेको सो उद्योगबाट पेवरब्लक, सिएलसी ब्लक उत्पादन गर्ने गरिरहेको सञ्चालक सञ्जय श्रेष्ठले जानकारी दिए । उनका अनुसार वातावरण मैत्री, उच्च तापवान क्षमता, कम खर्चिलो इटा रहेको छ ।
सञ्चालन समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठका अनुसार घर, अस्पताल, विद्यालय लगायत संरचना निर्माणमा किफायती र दरिलो हुने सिएलसी ब्लक उच्च स्तरीय मेसिनको सहयतामा निर्माण हुने गरेको छ ।

सो उद्योगबाट इटाका अलवा टायल्स, ब्लक जस्ता उत्पादन समेत हुने गरेको छ । ३१ जना श्रमिकले उद्योग परिसर भित्र रोजगारी पाइरहेका छन् भने प्रत्यक्ष अप्रत्यक्ष गरी ६० जना बढीले रोजगार पाइरहेका छन् । दैनिक ५ हजार इटा उत्पादन हुने सो उद्योगबाट ११ प्रकारका उत्पादन उत्पादित हुने गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *