सरकार मुलुकका हर क्षेत्रलाई कम्युनिस्टकरण गर्न लागिपरेको : पौडेल
Published:
by .काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार मुलुकका हर क्षेत्रलाई कम्युनिस्टकरण गर्न लागिपरेको आरोप लगाएका छन् ।
कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको १३औं दिनको तिथिमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले गरिरहेको नकारात्मक कामका विषयमा सशक्त आवाज उठाउनुपर्ने बताए ।
उनले पार्टी नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै सबै तहका पार्टी संरचनाको अधिवेशन समयबद्ध तालिका बनाएर गर्न पनि माग गरे ।
पार्टी सम्हालिएर अब अर्को निर्वाचनको तयारीमा लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतकाले स्व. ताम्राकारले कांग्रेसको राजनीतिमामात्र नभइ लोकतन्त्र स्थापनाका लागि पनि ठूलो योगदान पुर्याएको चर्चा गरे ।
Comments