Sajhamanch Archive

प्रदेश १ को स्थायी राजधानी विराटनगरमै हुने पक्का

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को राजधानी विराटनगरमै राख्ने निर्णय गरेको छ ।  आइतबार बसेको नेकपा प्रदेश १ को  संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

यो सँगै प्रदेश नम्बार १ को स्थायी राजधानी विराटनगर नै कायम हुने लगभग पक्का भएको छ । प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।

प्रदेशको राजधानी टुंग्याएपनि नामको विषयमा भने कुनै निर्णय भएको छैन । प्रदेशको नाम र राजधानी दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने प्रवधान भएका कारण नेकपाले यो प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *