पूर्वसांसद गायत्री साह श्रीमानसहित पक्राउ
Published:
by .काठमाडाैँ । पूर्वसांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।
ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
शाह दम्पतिले अस्पतालमा बच्चाको भर्ना गराएका तर, डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालले वेवास्ता गरेको भन्दै अस्पतालमा नै बच्चा छोडेका थिए । शिशु छाडेको अभियोगमा अदालतबाट अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै आएकी छन् । उनको छोरा अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन्।
साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्।
उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन् । अस्पतालले भने लापरबाही नगरेको भन्दै बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ ।
Comments